Logo

आइतवार, कार्तिक ९ गते २०८३

images

विघटनविरुद्ध सबै एकजूट नभए देश झन् अस्थिरतातिर जान्छ : दाहाल

विघटनविरुद्ध सबै एकजूट नभए देश झन् अस्थिरतातिर जान्छ : दाहाल

बिहिवार, फाल्गुण ६ २०७७
बिहिवार, फाल्गुण ६ २०७७
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा विघटनले देशमा अन्यौल थपेको भन्दै विघटन विरुद्ध सबै एकजूट हुनुपर्ने बताउनुभएको छ ।

    सर्लाहीको हरिपुर नगरपालिका–१, हजारविगाहमा पार्टीका जिल्ला इन्चार्ज डाचाराज वाग्लेको स्मृतिमा आयोजित सभालाई सम्बोधन गर्दै दाहालले सबै पक्ष एकजूट नभए मुलुक झन् अस्थिरतातिर जाने जिकीर गर्नुभयो ।

    कार्यक्रममा नेकपाका अर्का अध्यक्ष माधवकुमार नेपालले संविधानको धज्जी उडाउने काम भएकाले संविधान संरक्षणका लागि सवै जागरुक हुनुपर्नेमा जोड दिनुभयो ।

    सभालाई लक्षित गरी सर्लाकीको हरिपुर, बागमती र बरहथवा नगरपालिकाले आ–आफ्नो पालिकाभित्र सार्वजनिक विदा दिएका थिए ।

    ती तीनवटै नगरपालिकामा नेकपाको दाहाल–नेपाल समूहका मेयर÷उपमेयर रहेका छन् ।

    वाग्ले गत माघ २१ गते बरहथवा नगरपालिका–९, स्थित मूर्तिया जङ्गलमा मृत फेला परेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend