Logo

शनिवार, कार्तिक ८ गते २०८३

images

प्रचण्डलाई भेटेपछि मिश्रले भने, राजा महेन्द्र भिजनरी नेता रहेछन् भन्ने प्रचण्डको बुझाइ पाएँ

प्रचण्डलाई भेटेपछि मिश्रले भने, राजा महेन्द्र भिजनरी नेता रहेछन् भन्ने प्रचण्डको बुझाइ पाएँ

मंगलवार, आश्विन ८ २०८१
मंगलवार, आश्विन ८ २०८१
  • काठमाडौं । पछिल्लो समय माओवादी अध्यक्ष प्रचण्डलाई व्यग्यात्मक नै सही प्रशंसा गरेको सुनिने रविन्द्र मिश्र आज खुमलटार पुगेका छन् । अध्यक्ष प्रचण्डसँगको फोटो सेयर गर्दै उनले समाजिक सञ्जाल ट्वीटमा प्रचण्डले गरेको टिप्पणी भन्दै लेखेका छन्, ‘पछिल्लो पटक प्रधानमन्त्री हुँदा नेपालका उद्योगधन्दाहरूको सबै विवरण मागेर हेरेको त पंचायतकालमा धेरै राम्रो काम भएको रहेछ। राजा महेन्द्र त गग्जबका भिजनरीु राजा रहेछन्।
    केहीदिन अघि अहिलेको संविधान माओवादीकै भएको भन्दै कांग्रेस एमालेको आलोचना गरे पनि मिश्रले अहिलेको परिस्थितिको जिम्मेवार माओवादी र प्रचण्ड नै भएको टिप्पणी गरेका थिए । आज खुमलटार पुगेर उनले प्रचण्डसँग भेट्दै देशलाई निकास दिन यो व्यवस्था फेर्न पनि सुझाव दिए । यद्यपी प्रचण्डले उनको कुरा र प्रस्ताबबारे स्वीकार नगरेको उनैले ट्वीट गरेका छन् । माओवादीप्रति अलि बढी आक्रामक देखिने राप्रपाका नेता मिश्र अहिलेको व्यवस्था फालेर राजसंस्थासहितको व्यवस्थामा जानुपर्ने खरो पक्षपाती हुन् । उनले ट्वीटमा अर्को पनि भनेका छन्, ‘यदि तत्कालीन राजा ज्ञानेन्द्र बैसठी त्रिसठीको आन्दोलनताका अली नरम भइदिएको भए राजसंस्था रहन पनि सक्ने प्रचण्डको बुझाइ छ ।’

    rabindra .jpg

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend