Logo

शनिवार, कार्तिक ८ गते २०८३

images

श्रीलंकाको राष्ट्रपतिमा दिसानायके निर्वाचित

श्रीलंकाको राष्ट्रपतिमा दिसानायके निर्वाचित

आइतवार, आश्विन ६ २०८१
आइतवार, आश्विन ६ २०८१
  • काठमाडौं । श्रीलंकाको राष्ट्रपति वामपन्थी नेता अरुना कुमारा दिसानायके निर्वाचित भएका छन् । आइतबार साँझ दोस्रोचरणको मतगणनापछि उनलाई निर्वाचित घोषणा गरिएको हो । पहिलोचरणको मतगाण्नामा कुनै पनि उम्मेदवारले निर्वाचित हुन आवश्यक पर्ने ५० प्रतिशतभन्दा धेरै मत नपाएपछि दोस्रोचरणको मतगणना गरिएको थियो ।

    श्रीलंकाको राष्ट्रपति चुनाव इतिहासमा पहिलोपटक दोस्रोचरणको मतगाणना भएको हो । श्रीलंकामा मतदताले प्राथामिकताअनुसार एकपटकमा तीन जना उम्मेदवारलाई मतदान गर्न पाउँछन् ।

    श्रीलंकामा दिसानायकेको जितले राजापाक्षे परिवारको वर्चस्व अन्त्य गरिदिएको छ भने वर्तमान राष्ट्रपति रनिल विक्रामासिंघे पनि ठूलो उलटफेरको सिकार बनेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend