Logo

आइतवार, कार्तिक ९ गते २०८३

images

खडेरीले धान उत्पादन नभएपछि कृषकले खेतमै लगाए आगो

खडेरीले धान उत्पादन नभएपछि कृषकले खेतमै लगाए आगो

शुक्रवार, कार्तिक १५ २०८२
शुक्रवार, कार्तिक १५ २०८२
  •  

    मुगु । मुगुको पश्चिमी भेगमा पर्ने खत्याडगाँउपालिका वडा नम्बर १० का कृषकले लगाएको धानमा बाला नलागेपछि खेतमै आगो लगाएका छन् ।

    खडेरी परेर धान उत्पादन नभएपछि कृषक आक्रोशित बनेका हुन् । गत जेठ–असारमा खत्याडगाँउपालिका वडा नम्बर १० ह्रायाङ्खु गाँउका कृषकले लगाएको धानमा फल नलागेपछि कृषक चिन्तित बनेका हुन् ।  उक्त क्षेत्रका एक सय २५ घर परिवारले धान लगाएको खेतमा  आगो लगाएका हुन् ।

    हयाङ्खु बासीहरुको मुख्य खाद्यान्न बाली धान हो । भुवा अर्थात पाखे खेत गर्ने जमिन निकै कम भएको हुँदा बर्षभरी धान खतीमार्फत जीवन निर्वाह गर्दै आएका कृषक खडेरीको मारमा परेका हुन् ।

    खत्याड गाउँपालिका १० का ६५ बर्षीय कृषक धनलाल रोकायाका अनुसार धान रोप्ने समयमा आकाशबाट पानी परेन, खडेरी पर्यो अनि अनि बाला लागेन । ‘धानबालीमा फल छैन्, सिंचाइको कुलो बाढीले बगायो त्यसैले यसबर्ष भोकमरी होला जस्तो छ । भारत जाने अवस्था छैन, अब परिवारको विचल्ली हुनेभयो । यस्तो अवस्थामा तीन तहको सरकारबाट राहत पाउने आशामा छौं,’ उनले भने ।

    अर्का कृषक चन्द बहादुर रोकाया अर्को बर्ष धानको विउकै अभाव हुने दुखेसो पोख्छन् । पालिका अध्यक्ष अज बहादुर शाहीका अनुसार समयमा आकाशे पानी नपर्दा धान बालीमा खडेरी भएको हो । यस्तो अवस्थामा स्थानीय, प्रदेश र केन्द्रीय सरकारबाट राहतका लागि पहल गर्ने उनले बताए ।

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend