रारा ताल मुगुमा अवस्थित नेपालकै सबैभन्दा ठूलो र प्रसिद्ध ताल हो । यो ताल समुद्र सतहदेखि २,९७२ मिटर उचाईमा छ । जिल्लाको सदरमुकाम गमगढीदेखि परिश्चम तर्फ करीब ३ घण्टाको पैदल यात्रा गर्दा राराताल पुगिन्छ । १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रारा तालको अधिकतम लम्वाई ५ किलोमिटर र अधिकतम चौडाई ३.२ किलोमिटर छ भने गहिराई १ सय ६७ मिटर छ ।
तस्विरः निर्मल ढुंगाना




