Logo

आइतवार, कार्तिक ९ गते २०८३

images

पश्चिमी वायुकाे प्रभाव : बदली र वर्षाकाे सम्भावना

पश्चिमी वायुकाे प्रभाव : बदली र वर्षाकाे सम्भावना

बिहिवार, फाल्गुण ६ २०७७
बिहिवार, फाल्गुण ६ २०७७
  • पश्चिमी वायुको प्रभावले बिहीवार काठमाण्डौ उपत्यकासहित पहाडी भू–भागका केही ठाउँमा अपराह्नपछि बदली र हल्का वर्षा हुने भएको छ । प्रि–मनसुनको समय नजिकिएकै कारण अपराह्नपछि मौसममा परिवर्तन भएको हो ।

    शुक्रबारदेखि दुई–तीन दिन पहाडी भूभागमा आंशिक बदली हुने तर ठूलो पानी पर्ने सम्भावना भने नरहेको वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताउनुभयो ।

    उहाँका अनुसार तापक्रम बढ्दा स्थानीय वायुको प्रभाव बढ्ने र केही समयमै मौसममा फेरबदल आउँछ । महिना मार्चदेखि सुरु हुने प्रि–मनसुन मेसम्म चल्छ । प्रि–मनसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझपख मेघगर्जनसहित क्षणिक वर्षा हुन्छ । 

    अहिले देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही अन्य भू–भागको मौसम सामान्यतया सफा छ । प्रदेश नं २, वाग्मतीलगायत देशका पहाडी भू–भागमा अपराह्न आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही ठाउँमा हल्का वर्षाका साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ ।

    प्रदेश नं १ र २ लगायत देशका पहाडी भू–भागमा शुक्रबार आंशिकदेखि सामान्य बदली भइ उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई ठाउँमा हलका हिमपातको सम्भावना छ ।

    मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार बिहीवार काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव शून्य र अधिकतम तापक्रम २३ दशमलव ३ डिग्री सेल्सियस छ । त्यस्तै बिहीवार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस तीन दशमलव शून्य डिग्री सेल्सियस छ ।  

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend