Logo

आइतवार, कार्तिक ९ गते २०८३

images

सेयर बजारमा भारी गिरावट

सेयर बजारमा भारी गिरावट

आइतवार, भाद्र ९ २०८१
आइतवार, भाद्र ९ २०८१
  • काठमाडौं । सेयर बजारमा साताको पहिलो दिनको कारोबारमा उच्च गिरावट आएको छ । आइतबार ७९.८८ अंकले बजार घटेको छ । यो सँगै नेप्से २९०० मुनि आएर २८९४ मा बन्द भएको छ ।

    माइक्रोफाइनान्स बाहेक आज सबै सेक्टरमा गिरावट आएको छ । पछिल्लोसमय ३००० को विन्दुलाई प्रतिरोध मानिरहेको बजामा आइतबार भारी अंकको गिरावट आएको हो ।

    आइतबारको कारोबारमा १९ अर्ब ७४ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

    यस दिन ३ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन विन नेपाल लघुवित्त, उपकार लघुवित्त र आत्मनिर्भर लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन थ्रिस्टार हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend