Logo

आइतवार, कार्तिक ९ गते २०८३

images

आजको मौसम कस्तो छ ?

आजको मौसम कस्तो छ ?

आइतवार, भाद्र ९ २०८१
आइतवार, भाद्र ९ २०८१
  • काठमाडौं । मनसुनी वायुको प्रभावका कारण आज देशभर आंशिकदेखि साधारणतया वर्षा हुने छ । कर्णाली र सुदुरपश्चिमका केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने छ ।

    कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । काठमाडौंमा पनि हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ ।

    मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान आसपास र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित छ । आज सूर्योदय बिहान ५ बजेर ३९ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ३२ मिनेटमा हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend