Logo

शनिवार, कार्तिक ८ गते २०८३

images

मर्स्याङ्दी दुर्घटनाः १४ को मृत्यु

मर्स्याङ्दी दुर्घटनाः १४ को मृत्यु

शुक्रवार, भाद्र ७ २०८१
शुक्रवार, भाद्र ७ २०८१
  • काठमाडौं । भारतीय बस दुर्घटनमा परी १४ जनाको ज्यान गएको छ । तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदी बस खस्दा १४ जनाको ज्यान गएको हो । अन्य १६ जना घायते भएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । 
    उनले १६ जना घाइतेलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालमा पठाएको जानकारी समेत दिए । अहिले उद्धार कार्य जारी रहेको थापाले बताए । भारतीय नम्बर यूपी ५३ एफडी ७६२३ रहेको बस शुक्रबार विहान नदीमा खसेको हो । बस पोखराबाट काठमाडौँ जाँदै थियो । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend