Logo

आइतवार, कार्तिक ९ गते २०८३

images

गगने भीरमा पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध

गगने भीरमा पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध

बुधवार, आश्विन १ २०८२
बुधवार, आश्विन १ २०८२
  •  

    सुर्खेत । रातभरीको अवरल बर्षाका कारण कर्णाली राजमार्गको गगने भीरमा पहिरो खसे पछि कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।

    कर्णाली राजमार्गको कालिकोट खण्डको गगने भीरमा मंगलबार राति पहिरो खसे पछि राजमार्ग अवरुद्ध भएको हो ।

    असार यता गगने भीरमा २८ पटक पहिरो खसेको छ भने राजमार्ग अवरुद्ध हुँदा यात्रुले सास्ति भोग्नु परेको छ ।

    वर्षा हुने बित्तिकै गगने भीरमा लेदो र ढुङ्गा खस्ने भएकोले राजमार्ग अवरुद्ध भएको कालिकोटका प्रहरी प्रमुख डिएसपी टेक रावतले बताए ।

    ‘गगने खोलामा नियमित पहिरो गएपछि बटो खुलाउन कठिन भएको छ’ उनले भने, ‘वर्षा रोकिए पछि बाटो खुलाउने गरि पहल भई रहेको छ ।’ बिहानैदेखि राजमार्ग खुलाउन प्रयास गरिए पनि माथिबाट पुन पहिरो खस्न थालेपछि अहिले काम रोकिएको उनले बताए ।

    पहिरो पन्छाउन जेसीभी मेसिन लगाइसकेको र वर्षा नरोकिए पछि राजमार्ग खुलाउन समस्या भएको उनको भनाई छ ।

    राजमार्ग अवरुद्ध भएपछि सुर्खेत जाने गाडी हुल्ममा र सुर्खेतबाट आएका गाडी मालाचौरमा रोकिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend