काठमाडौं, मंसिर २७ । काभ्रोमा बस दुर्घटना हुँदा १३ जनाको ज्यान गएको छ ।
काभ्रेको बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा बस दुर्घटना भएको हो । बेथानथोक ५ च्याल्टीमा ब्रतबन्धनमा सहभागी भएर पनौती नगरपालिका ४ सल्ले फर्किदै गरेको बा ३ ख ४३८५ नम्बरको बस दुर्घटनामा परेको हो । काभ्रे प्रहरीका अनुसार अन्य २० जना गम्भीर घाइते भएका छन् ।
