Logo

आइतवार, कार्तिक ९ गते २०८३

images

तुलसीपुरमा खड्का १२८७ मतले लिड गर्दै

तुलसीपुरमा खड्का १२८७ मतले लिड गर्दै

आइतवार, जेठ ८ २०७९
आइतवार, जेठ ८ २०७९
  • दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेका उम्मेद्धार टिकारम खड्काले लिड गरिरहेका छन् । केहीबेर अद्धिको तथ्यांक अनुसार ४० हजार ९ सय ९८ मत गणना  भएकोमा खड्काले १७ हजार २ सय ७७ मत लिएर अग्रता हासिल गरिरहेका छन् ।

    त्यसैगरी नेपाली कांग्रेसका गेहेन्द्र गिरीले १५ हजार ९ सय ९० मत लिएर खड्कालाई पछ्याइरहेका छन् । खड्काले गिरीलाई १२ सय ८७ मतले लिड गरिरहेका छन् ।

    यसैगरी उपप्रमुखमा एमालेकै स्यानी चौधरीले १६ हजार ५ सय ८८ मतले अग्रता लिइरहेकी छिन् । उनका निकटतम प्रतिद्धन्द्धी गठबन्धनका तर्फबाट नेकपा एसका जोगबहादुर राणाले ११ हजार ७ सय ९३ मत पाएका छन् ।  उपप्रमुख चौधरीले ४ हजार ७ सय ९५ मतले अग्रता लिइरहेकी छिन् । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend