काठमाडौं । सप्तरीको कञ्चनरुप नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेपाली कांग्रेस विजयी भएको छ । ललनप्रसाद गुप्ताले ७ हजार ८ सय ८९ मत प्राप्त गरी विजयी भएका छन् । त्यसैगरी उप्रमुखमा पनि कांग्रेसकै मुना पोखरेल निर्वाचित भएकी छन् । उनले ७ हजार ७४ मत ल्याएर प्राप्त गरेकी छिन् । उक्त नगरपालिका अघिल्लो निर्वाचन २०७४ मा नेकपा एमालेले जितेको थियो ।
