काठमाडौं । काठमाडौं १ मा एमालेले जित हात पारेको छ । महानगरका वडा नम्बर १ मा एमालेका भरतलाल श्रेष्ठ अध्यक्षमा विजयी भएका हुन् । श्रेष्ठले ६ सय २२ मत पाएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका किरण श्रेष्ठले ५ सय ९८ मत प्राप्त गरेका छन् ।
लौरो चुनाव चिन्ह पाएका स्वतन्त्र उम्मेदवार राजकुमार श्रेष्ठले ४४१ मत पाएका छन् भने राप्रपाका किरोजमान डंगोलले २ सय २८, माओवादी केन्द्रका २८ र एकीकृत समाजवादीका पुष्पकाजी श्रेष्ठले २६ मत पाएका छन् ।
