चितवन । भरतपुरमा जारी महानगरको मतगणनामा एमालेका विजय सुवेदी अगाडि आएका छन् । सुवेदीले गठबन्धनका उम्मेद्धार रेनु दाहाललाई १९ मतले पछि पार्दै अग्रता लिएका हुन् । सुवेदीको २ हजार ५ सय ४९ मत रहेको आएको छ । त्यसैगरी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले २ हजार ५ सय ३० मत पाएकी छन् । यसअघि सूर्य चिन्हमा धमिलो मत परेकोलाई बदर गरिएको भन्दै एमालेले गणना प्रक्रियालाई रोकेको थियो । मत गणना जारी छ ।
