Logo

शनिवार, कार्तिक ८ गते २०८३

images

खराब मौसमका कारण केही उडान अवरुद्ध, विमानस्थलमा यात्रुको चाप

खराब मौसमका कारण केही उडान अवरुद्ध, विमानस्थलमा यात्रुको चाप

शुक्रवार, आश्विन ९ २०८३
शुक्रवार, आश्विन ९ २०८३
  •  

    काठमाडौं । खराब मौसमका कारण हवाई उडान प्रभावित भएको छ । शुक्रबार सुर्खेत, पोखरा, भरतपुर र लुक्लामा उडान हुन सकेको छैन । 

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार खराब मौसम र भिजिबिलिटी कमजोर भएका कारण शुक्रबार सुर्खेत, पोखरा, भरतपुर र लुक्लामा आन्तरिक उडान हुन सकेको छैन भने अन्य स्थानमा भने उडानमा समस्या छैन्।  

    नियमित भएका उडान पनि डिले भएका कारण यात्रुहरु अलपत्र परेका छन् । निरन्तरको वर्षा र धुम्म भएको वातावरणको कारण भिजिबिलिटी कम हुँदा उडान प्रभावित भएको हो । 

    उडान अवरुद्ध हुँदा विमानस्थलमा यात्रुको चाप बढेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend