Logo

आइतवार, कार्तिक ९ गते २०८३

images

‘झिंगे दाउ २’को नयाँ गित ‘हे मायाँ नजिकै सर’ सार्वजनिक

‘झिंगे दाउ २’को नयाँ गित ‘हे मायाँ नजिकै सर’ सार्वजनिक

मंगलवार, भाद्र ३० २०८३
मंगलवार, भाद्र ३० २०८३
  •  

    काठमाडौं । नेपाली चलचित्र ‘झिंगे दाउ २’ को नयाँ गीत ‘हे मायाँ नजिकै सर’ सार्वजनिक भएको छ । दशैँलाई लक्षित गर्दै ओएसआर डिजिटलमार्फत गीत सार्वजनिक गरिएको हो ।

    चलचित्र यही असोज २ गतेबाट देशभर प्रदर्शनमा आउँदै छ । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा रामचन्द्र काफ्ले र शान्तिश्री परियारले स्वर दिएका छन् । गीतको भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

    चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी र कुशल विष्टका साथै आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, वसुन्धरा भुसाल, चैत्यदेवी सिंहलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

    ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको चलचित्र कपनगढी सिनेमा प्रा.लि. र फिल्म क्रिउ नेपाल प्रा.लि.को ब्यानरमा निर्माण भएको हो । चलचित्रमा सुलभ प्रतिक देउजा र समीक्षा देउजाको लगानी रहेको छ भने रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह–निर्माता हुन् ।

    गोविन्द फुयाँल र शिशिर चालिसेको लेखन रहेको चलचित्रको पटकथा तथा संवाद परिच्छेद सेनले तयार पारेका हुन् । विष्णु घिमिरे ‘कल्पित’को छायांकन, मित्र डी गुरुङको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन र ईश्वर घिमिरेको प्रोडक्सन व्यवस्थापन रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend